[Onlinesiraha.com] सहिदनगरमा नगर स्तरीय स्वास्थ अन्तरक्रिया सम्पन्न

नरेशचन्द्र बरबरिया,चैत २६ गते ।
सहिदनगर नगरपालिकामा आज नगर स्वास्थ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।शहिदनगर नगरपालिकाको वडा न.३ मा रहेको आयुर्वेद औषधालयको सभाहलमा भएको कार्यक्रममामा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको अध्यक्षतामा भएको सो अन्तरक्रिया तथा छलफल कार्यक्रममा बिशिस्ट अतिथि शिला कापर,९औ वाडाका वडा अध्यक्ष विभिन्न स्वास्थ,उपस्वास्थ्य चौकीका प्रमुख,आयुर्वेद औषधालयका प्रमुख,प्रमुख प्रशासकिय अधिकृत राम किशोर महतो,शिक्षा संयोजक धनेश्वर यादव,लेखा अधिकृत नन्दकुमार   झा लगायत स्वास्थकर्मीहरुको उपस्तिथिमा स्वस्थ सम्बन्धि विभिन्न  किसिमका विषयहरुमा छलफल भएको हो ।उक्त सहिदनगर  नगरपालिकामा समस्याहरु अति शिघ्र समाधान हुने मेयर बरबरियाले जनाए । एक घर ५ जडिबुटी ५ योगा
योग : भस्तृका, कपालभाती,बाहय प्रननायम,उज्जयायी र भरामरी
जडिबुटी : तुलसी,कल्पनाथ,घिउ कुमारी,पुदिना,असुरो मधेसमा
र पहाड हिमालमा यसै प्रकार्का हुन सक्ने बोझो,चिराइतो आदि लागु गर्ने औषधालय प्रमुख रामछबिला यादवले जानकारी दिए ।

--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 4/09/2018 08:34:00 AM

No comments:

Powered by Blogger.