[Onlinesiraha.com] सहिदनगरमा बिकासको कार्य तिब्र, एकैदिन तिन शिलान्यास

नरेशचन्द्र बरबरिया ,धनुषा चैत २६ गते।
सहिदनगर नगरपालिकाकामा एक कार्यक्रम बिच शिलान्यास भएको छ।नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनः निर्माण संस्थाको नेतृत्वमा संचालित सामुदायिक बिकास कार्यक्रम धनुषा द्वारा शहिदनगर नगरपालिकाको वडा न.९ गोठकोयलपुरमा आर.सि.सि स्लयाब कलभर्ट  लम्बाई ५:५ मिटर चौडाई ४ मिटरको रहेको छ। साथै पोखरीको घाट निर्माणको कार्य हुने भएको छ  ।यस्तै  वडा न.२ चोराकोयलपुरमा भब्य कार्यक्रम बिच प्रसुती गृह  शिलान्यास गरेका छन ।शहिदनगर नगरपालिकाको मेयर उदय कुमार बरबरिया,उपमेयर शिला कापर,वडा अध्यक्ष रामदेव मरिक,जैसी भिनवार रामरतन पासवान,कनहैया मुखिया,सिडिपी धनुषाका संयोजक खड्क भुषण शाह,सब ईन्जिनियर बिरेन्द्र बोहरा,फिल्ड सुपरभाईजर शिला दहाल,नथुनी शाह,बसन्त शाह लगायत स्थानीयबासीहरुको उपस्तिथिमा उक्त शिलान्यास भएको हो ।अबको २ महिना भित्र कलभर्ट र ३ महिना भित्र प्रसुती गृह   निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।सो कलभर्ट बनेपछि गोठकोयलपुर लगायत स्थानीय जनताहरु निकै खुशी र उत्साहित देखिएको छ ।सिडीपीले गरिब जनताको लागी विभिन्न समुह नागरिक सचेतना केन्द्र मार्फत सामाजिक आर्थिक रुपान्तरणमा प्रभावकारी भुमिका  खेलेको छ।गाउँघरहरुमा  प्रसुती गृह नभएको अबस्थामा कतिपय महिलाले असमयमै ज्यान गुमाउन परेको अबस्थालाई सम्बोधन गर्नेछ ।

--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 4/09/2018 12:28:00 AM

No comments:

Powered by Blogger.