[Onlinesiraha.com] सिरहामा बिकास सडकमा आरसीसी ढलान सारश्वरबासी हर्षित

सिरहा,चैत २७ गते। सिरहा नगरपालिका–१२ स्थित सडकमा आसीसी ढलान हुँदा त्यस वडाका बासिन्दाहरु हर्षित भएका छन् । धुलामे सडकबाट पक्की भएपछि हर्षित भएको उनीहरुले बताएका हुन् । 
जीवछ गुप्ताको घर देखि धनुक टोलीको धर्मशालासम्म दुई सय १० मिटरमा ८ इन्चको आरसीसी ढलान भइरहेको उपभोक्ता समितिका अध्यक्ष सुनिल प्रसाद गुप्ताले बताए । तोकिएकै समयमा ढलान कार्य सकाउने जनले जनाए । उनका अनुसार गुणस्तरीय ढलान भइरहेको छ यसमा कुनै प्रकारको शंका गर्नु पर्दैन् । 
क्रमिक रुपमा वडाभरीका सबै सडकलाई धुलोमुक्त बनाउने अभियान अन्तर्गत सबैमा आरसीसी ढलान र पानीको निकासका लागि नाला निर्माण गरिने वडाध्यक्ष सत्रुधन साहले बताए । उनले बजेटको सिमित्तताका कारणले केही वर्ष लाग्ने सक्ने तर धुलोमुक्त बनाउने निश्चत रहेको भने,'प्राविधिकको सल्लाह अनुसार निर्माणको मापदण्ड तय गरिएको छ । तय भएको मापदण्ड अनुसारै काम गराइराखेका छौं । निमार्ण स्थलमा प्राविधिकसँग आफु पनि अनुगमन गर्ने गरेको छु ।'
आउदो आर्थिक वर्षमा आरसीसी ढलान गर्ने योजना अनुसार लैहरी टोल देखि मुख्य बजारसम्म र अर्को नटवा टोल देखि मदरसासम्म ५÷५ लाखको लागतमा माटो र ग्रावेल गर्ने कार्य भइरहेको वडाध्यक्ष साहले बताए । दुबै योजना वर्षाभन्दा पहिले नै सकाउने गरी तिव्रताका साथ काम गराउन थालीसकेको उनले जनाए । बेला–बेलामा प्राविधिक र उपभोक्तासँगै आफु पनि कामको अनुगमन गर्न पुग्ने गरेको उनले थप्दै भने,'योजना अनुगमन पनि बनाइएको छ ।' 
२० लाखको लागतमा आरसीसी ढलान भइरहेको उपभोक्ता समितिका कोषाध्यक्ष शिवसतिदेवी मण्डलले बताइन् । आरसीसी भएपछि हजारौं व्यक्तिलाई आवतआवत गर्न सहज हुने उनले दाबी गरिन् । उनका अनुसार वर्षातको मौसममा महिलाहरुलाई भइरहेको कठिनाई यो निर्माणले मुक्त गराउने छन् । 
'सडकमा आरसीसी हुनु आफैमा राम्रो काम हो,'स्थानीय भोगेन्द्र साहले भने,'यो आरसीसीले अरु कसैले सहज हुन्छ भने सबैभन्दा सहजता विद्यार्थीलाई हुन्छ । गाउँलेलाई त सहजता हुने निश्चितै छन् ।' आरसीसी निर्माणसँगै आउने दिनमा पानीको निकासका लागि नाला बनाइयो भने अझ सहज हुने उनको तर्क छ ।
'आरसीसी ढलानले फोहो व्यवस्थापनलाई पनि सहयोग पु¥याएको छ । सडकमा फोहोर फाल्ने बानी न्युन हुँदै गएपनि ग्रामिण भेगमा अहिले पनि त्यसको धगी छदैछन्,'सरसफाई अभियन्ता मनोज यादवले भने,'आरसीसी भएपछि यदा कदा सडकमा फालिएको फोहोर सफा गर्न सहज हुने छन् ।' सडक तथा सार्वजनिक ठाउँमा फोहोर फाल्नु हुँदैन भने अभियानका साथ आफुहरुले वडास्तरमा साप्ताहिक सरसफाईका कार्यक्रम गर्दै आएको उनले जनाए 



--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 4/10/2018 12:48:00 PM

No comments:

Powered by Blogger.