[Marganugami Daily] लागुऔषध ओसारपसार गर्ने साह प्रहरी थुनामा
काठमाडौं, १ जेष्ठ । महानगरीय प्रहरी प्रभाग नागढु·ाले लागुऔषधसहित मंगलबार एक जनालाई प्रकाउ गरेको छ ।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७७६ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा दुहवी नगरपालिका–२, सुनसरीका २३ वर्षीय श्याम साहलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहको साथबाट एभिल ५० एम्पूल, लुपिजेसिक ५० एम्पूल , फेनार्गन ५० एम्पूल डाइजाल्याव ५० एम्पूल गरी जम्मा २०० एम्पूल र ३०० ट्याब्लेट नाइट्राभेट नामका अवैध लागुऔषध बरामद गरेको महानगरीय प्रहरी प्रभाग नागढु·ाका प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए । निरीक्षक भट्टले थप अनुसन्धानको लागि साहलाई महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको बताए ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/15/2018 07:29:00 PM
No comments: