[Samgrasandesh.com] मिर्चेया नगरपालीका कता जाँदैछ ?

अभरेन्द्र यादव, मिर्चैया
सन्दर्भ मिर्चैया नगरपालीकाको विगत लामो व्यापारीक र शैक्षिक ईतीहास वोकेको मिर्चैया नगरपालीकाले राजनीतिक रुपमा विकसीत हुन नसकेको यथार्थ मिर्चैया नगरवासीले वुझेर पनि नवुझेको जस्तो प्रस्तुत भइरहेको अवस्था छ । विगतमा भएका हरेक अधिकारको अन्दोलन चाहे २०४६ को जनआन्दोलन होस या माओवादीको जनयुद्धहोस र त्यसपछिको मधेश जनविद्रोह हरेक आन्दोलनमा मिर्चैयाको भुमिका अन्य छिमेकी नगरपालीका भन्दाअग्रणि भुमिकारहेको छ । तर नेतृत्व गर्ने दलका हैसियतमा पुगेका राजनीतिक दलका युवा नेताहरु छिमेकी नगरपालीकाको राजनीतिक प्रभावमा परि मिर्चेया नगर विकासको मुख्य आधार शिक्षा, स्वास्थ्य र सडकको कामलाई विभिन्न वाहानामा अवरोध गर्ने गलत गर्नेलाई विभिन्न वहानामा संरक्षण गर्ने जस्तै जातीय, वर्गिय, पार्टिगत गुट उप गुटको नाममा नभए अन्त्यमा अदालतको नाममा सम्पुर्ण क्षेत्रलाई प्रभाव पर्नेगरी गलत राजनीतिक अभ्यास मिर्चैयामा भइरहेकोछ ।
हुनत मिर्चैया नगरपालीकाको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरु कुनै हैसियतमा नपुगेको होइन भन्ने छैन तर मिर्चैया मा जे जती विकाशका अथवा सम्पन्नताको कार्य भएकोछ त्यो सव मिर्चैया को व्यापारीक ईतिहास वोकेको कारण मात्र सम्भव भएकोछ नकी कुनै नेताले आज सम्म कुनै किसिमको ठोस योजनाले । योजना अउँदा मेरो भन्ने प्रवृति र सम्पन्न नभए तेरो भन्ने प्रवृति मिर्चैया गनरपालीकाको नेताहरुको चलन भएको छ ।
केहि समय यता मिर्चैया नगरपालीकालाई चुनौति दिदै छिमेकी नगरपालीकाहरु अगाडी वढ्न थाले जुन मिर्चैया वासीले राम्रो संग वुझेका छन हरेक व्यत्तिले भन्ने गरेको छ मिर्चैया भन्दा पछाडीको वजार विकाशमा अगाडी वढदैछ तर किन र कसरि भन्ने यथार्थ वुझेर पनि नवुझेको जस्तै गर्छन किन भने छिमेकी नगरपालीकाका राजनीतिकर्मीहरु राजनिति गर्छन तर विकासको नाममा हरेक राजनीतिक दलको एउटै स्वर हुन्छ जस्को प्रभाव उनीहरुले मिर्चेया नगरपालीकाका नेताहरुलाई जातीय राजनीतिको दलदलमा फसाउँदै लगेका छन भएका शैक्षिक संस्था लाई ध्वस्त वनाई सडक, नालाहरुलाई अव्यवस्थीत वनाई व्यापार व्यवसायी धवस्त वनाउनमा छिमेकी नगरपालीकाका चतुर चालाक राजनीतिककर्मिहरु मिर्चेयाका चाकडिवाज नेताहरुलाई प्रयोग गरी मिचेैया नगरपालीकालाई धवस्त पार्न लागी परेका छन् । यस्तो गम्भीर अवस्थामा पनि सचेत नभए आउँदो पुस्ता अथवा यही पुस्तालाई पनि अप्ठ्यारो पर्न सक्छ र जुन रफतारमा मिर्चैया नगरपालीकाको विकाश हुनु पर्ने हो त्यो नभएर एउटा अशिक्षत ठाउाको रुपमा परिचीत हुदैछ ।
सामाजिक, आर्थिक, भौगालीक, र पर्यटकिय रुपमा सिरहा जिल्लाकै अन्य नगरपालीका भन्दा अव्वल रहेतापनि पछाडी परेको छ । विगत दुइ दशकमा जनप्रतिनिधि विहिन अवस्थावाट जनप्रतिनिध आइसकेको अवस्थामा विकाशको अपेक्ष गर्नु आम जनताको हक र अधिकार हुन आउँछ तर केही व्यक्तिहरुको निहित स्वार्थ लेगर्दा सम्पुर्ण शैक्षिक, व्यापारीक, धार्मीक र पार्यटकिय क्षेत्रलाई धाराशायी वनाउँदै लगेको र आम जनता चुपलागर वसेको अवस्थामा मिर्चेया नगरपालीकामा ठुलो व्यापारिक दुर्घटना हुनसक्ने संकेत गरीरहेको भान हुँदैछ ।
यदी यस्ता लिडरहरु जुन अन्य छिमेकी नगरपालीकाको नेताहरुको चालाकी पुर्ण प्रयोगमा अल्झेर आफ्नो घरलाई वर्वाद गर्ने जुन किसिमको गैर राजनीतिक चरीत्रको चीत्रण गरीरहेकाछन् त्यसले आउने समयमा राजनीतिक र साजिक वहिष्करणमा पर्ने निश्चयनै गलत सावित नहुनेमा म विश्वस्त छु ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 4/12/2018 05:54:00 AM
No comments: