[Samgrasandesh.com] माओवादी : प्रदेश २ को प्रमुख सचेतकमा साह चयन
जनकपुरधाम, २८ चैत । नेकपा माओबादी केन्द्र प्रदेश २ को संसदीय दलको बैठकले प्रमुख सचेतकमा दिलिप साहलाई चयन गरेको छ । संसदीय दलका नेता रामचन्द्र मण्डलको अध्यक्षतामा आज जनकपुरमा बसेको संसदीय दलको बैठकले सिरहा क्षेत्र नं. ४ का "क" प्रदेशसभाका सदस्य समेत रहेका साहलाई प्रमुख सचेतकमा चयन गरेको हो ।
प्रमुख सचेतकमा चयन भएपछि संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै साहले भने "पार्टीले दिएको जिम्मेवारी पुरा गर्नमा कुनै कसर बाँकी नराखी काम गर्नेछु ।" माओबादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका साहले आफ्नो कार्यकालमा जनतामुखि काम गर्नका लागि कसैसंग कुनै सम्झदारी नगर्ने दाबी गरे ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 4/11/2018 06:32:00 AM
No comments: