[Onlinesiraha.com] सरसफाईमा अग्रसर हुदै स्थानीय युवाहहरु

सिरहा,बैशाख ०१ गते ।
सिरहा नगरपालिकाको वडा न.१५ नबटोलीमा  युवाहरु सरसफाई अभियानमा जुटेका छन ।आज सनिवार पनि सरसफाईलाई निरन्तरता दिएको  छ ।साप्ताहिक सरसफाइ अभियान थालेको हो ।
उक्त सरसफाई अभियान मधेश नेपाल युवा ट्रस्ट को आयोजनामा खिरौनाका विभिन्न ठाऊँहरुका फोहोर मैलाहरु  सरसफाई गरेको मधेश नेपाल युवा ट्रस्ट का संयोजक रमेश मण्डलले जानकारी दिए ।
संयोजक मण्डलका अनुसार उक्त सरसफाई अभियानमा स्थानीय युवाहरू लगायत बीओपी ब्यारेक खैरटोका सशस्त्र प्रहरी बलका जवानहरु ,नेपाल प्रहरीको बिशेष उपस्थिति रहेको उनले बताए  ।
उनका अनुसार प्रत्येक सप्ताहको हरेक शनिवार साप्ताहिक सरसफाईको निरन्तरता दिने मन्डलले भने ।

--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 4/14/2018 08:01:00 AM

No comments:

Powered by Blogger.